November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

रुकुम पश्चिम पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिममा पुगेका छन् । जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टर मार्फत त्यहाँ पुगेका थिए । रुकुम पुगे लगत्तै प्रचण्ड ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका छन् ।

उनको सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ ।

माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि त्यहाँ पुगेका छन् ।

Advertisement