काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलको सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको हो ।
सिंहदरबारमा बस्ने बैठकमा भूकम्पपछिको राहत र पुनःस्थापनाबारे छलफल गरिने जनाइएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन्।