काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने छन् । उनी गत वर्षको पुस १० गते प्रधानमन्त्री बनेका थिए ।