November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

‘जहाँ छन् बुद्धका आँखा’ गायक भक्तराज आचार्यको निधन

२०८० फाल्गुन १४

काठमाडौं । चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ ।

आचार्यका ‘जहाँ छन् बुद्धका आँखा’, ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘हजार सपनाहरूको माया लाएर आउँछ’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’ लगायतका थुप्रै गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् । आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए । नेपाली सुगम संगीतलाई उचाइमा पु¥याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ ।

Advertisement

भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो । उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो । त्यसपछि उनले गाउन सकेनन् । उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।

आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ । फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दुःखहरु समेटिएको छ ।