काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर प्रतिनिधि सभा विघटनलाई सदर गरेको विषय सर्वोच्च अदालतमा उठेको छ।
राष्ट्रपतिले प्रतिनिधि सभा विघटनलाई अनुमोदन गर्ने काम, कर्तव्य र अधिकार नभएको अधिवक्ता टीकाराम भट्टराईले संवैधानिक इजलासमा उल्लेख गरेका हुन्।
प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा भइरहेको सुनुवाईमा अधिवक्ता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लिखित कानुनबाट बाहिर गएकोे टिप्पणी गरे।