November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शनले अस्तव्यस्त काठमाडौं

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको काठमाडौंमा बृहत शक्ति प्रदर्शन भइरहेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा यसअघि देशभर विरोध कार्यक्रम गरेको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा बृहत प्रदर्शन गरेको हो। 

बिहान ११ बजे पार्टी स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा विभिन्न ठाउँबाट जुलुस निकालिएको छ। प्रचण्ड–नेपाल समूहको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यत भइरहेको छ। 

माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्केको छन्। जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी छन्। 

Advertisement

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईका अनुसार विभिन्न ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा हुनेछन् । त्यहाँबाट पुतलीसडक, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुनेछ ।