November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

कांग्रेसले निर्वाचन वहिष्कार गर्दैन: रामचन्द्र पौडेल

मोरङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले निर्वाचन वहिष्कार नगर्ने बताउनु भएको छ ।

आज विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले संविधान बचाएर लोकतान्त्रिक बाटोबाटै निर्वाचनमा भाग लिने निर्णय गरेको बताउनु भयो । उहाँले मुलुकलाई विग्रह र हिंसाबाट जोगाउनु नै राजनैतिक दलहरुको प्रमुख दायित्व हुनुपर्ने बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमंत्रीले जतिबेला पनि निर्वाचन गराउने परिपाटीले जनताको अभिमतको अर्थ नराख्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानमा उल्लेख नै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको जिकिर समेत गर्नुभएको छ ।

Advertisement

एक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टी महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताउदै प्रतिनिधि सभा विघटनले नेपाली कांग्रेसलाई महाधिवेशन र निर्वाचन दुबै गराउनुपर्ने जिम्मेवारी आएको बताउनु भयो ।।