काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको सचिवालयको बैठकले आज दिउँसो १२:३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आज स्थायी कमिटीको बैठक बस्ने जानकारी दिए ।स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाटीकाे साधारण सदस्य समेत नरहने गरि कार्वाही गर्ने तयारी पनि रहेको छ ।केही दिन अगाडि केपीलाई स्पष्टीकरण मागेको उक्त समुहका नेताहरूले साधारण सदस्य बाट केपीलाई हटाउने मन्तव्य दिदै आएका छन ।
यस्तै शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।