काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौंमा फेरि विरोध सभा गर्ने भएको छ। केन्द्रीय संघर्ष समितिले सोमबार सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तरगत माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने उल्लेख गरिएको छ। यसअघि माघ ९ गतेत पनि यो समूहले काठमाडौंमा प्रदर्शन र सभा गरेको थियो।
यता प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माघ २३ गते काठमाडौंमा सभा गर्ने निर्णय गरिसकेको छ।
संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार भोलि, मंगलबार काठमाडौंमा सिठ्ठी जुसुल गर्ने, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गरिनेछ।