काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ (१) अनुसार बनेको प्रधानमन्त्रीले उपधारा ७ प्रयोग गर्न सक्छ कि सक्दैन भनि इजलासमा प्रश्न राखेका छन्।
प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइका क्रममा सोमबार प्रधानन्यायाधीश जबराले भने, ‘धारा ७६ का अन्य उपधारामा जान मिल्छ कि मिल्दैन ?’
यस अघिपनि उक्त धाराको प्रश्न प्रधानन्यायाधीस जबराले उठाउँदै आएका थिए। इजलासमा ७६ (१) वा २ अनुसार बनेको सरकारले चलाउन नचाहे अरु धाराको प्रयोग गर्न किन सक्दैन भनि जबराले प्रश्न राखेका थिए।
अधिवक्ता मेघराज पोखरेलले बहस गरीरहेको समयमा जबराले उनलाई प्रश्न गरेका हुन्।
अधिवक्ता पाेखरेलले स्थायित्वका लागि विगतमा भएका विघटनकाे अधिकार वर्तमान संविधानबाट झिकिएको बताए।