November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

बालेन साह र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहेको सूचना प्राप्त भएको छ ।

स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा वान टु वान वार्ता भइरहेको छ ।

Advertisement

राजनीतिक विषय र भावि योजनाका विषयमा दुईबीच छलफल जारी रहेको बताइएको छ ।

शनिबार जेलमूक्त भएपछि लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिएका छन् ।