August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

रोशी खोला डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाको कारण रोशी खोलाले अस्थायी रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो ।

अवरुद्ध भएपछि काभ्रेखण्डको सवारीसाधनहरुलाई भकुण्डे र कटुन्जेमा होल्ड गरिएको छ । त्यस्तै राजमार्ग अवरुद्ध भएपछि राजमार्गको सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा सवारी साधन होल्ड गरिएको छ ।

Advertisement

२०८१ र ०८२ मा आएको अविरल वर्षाको कारण रोशी खोलाले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे–नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ । निर्माणको क्रममा राजमार्गलाई रोशी खोलाको बगरमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।

फाइल तस्बिर