August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

‘एक हजार सुरक्षाकर्मीलाई मुद्दा चल्न सक्छ’

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनमाथि जाँचबुझ आयोगले सिफारिस गरेबमोजिमका व्यक्तिहरुलाई फौजदारी मुद्दा चलाउने हो भने कम्तिमा १ हजार सुरक्षाकर्मी तथा कर्मचारीहरुलाई लाग्ने सुरक्षासुत्रले जनाएको छ ।

गौरी बहादुर कार्की आयोगले सिफारिस गरे बमोजिमका संसद भवन सुरक्षार्थ खटिएका र भाद्र २३ गते बानेश्वर चोक र आसपास खटिएका कम्तिमा एक हजार नेपाल प्रहरी र शसस्त्र प्रहरीका कर्मचारीहरु माथि मुद्दा चल्ने फौजदारीसम्बन्धि कानुनमा उल्लेख छ ।

“ज्यान सम्बन्धि कसुरमा मुद्दा चलाउदा सबैभन्दा पहिला घटनास्थल मुचुल्काबाट सुरु हुन्छ । घटनास्थालमा को को मौजुद थिए ? सम्भव भएसम्म कसको प्रहारबाट मृत्यु भयो ? कुन हतियार प्रयोग भएको थियो ? आदि कुराहरुमा पहिला स्पष्ट हुनुपर्ने त्यसपछि मात्र किन, को, कसको आदेश, षडयन्त्र वा लापरवाही, हेलचेक्य्राइँजस्ता कुरा आउने हुन् ।” सुरक्षासुत्रको दाबी छ ।

Advertisement

फौजदारी मुद्दा चलाउदा घटना र प्रमाणहरुको श्रृङ्खला (चेन अफ कस्टडी) मिलाउनु पर्ने हुन्छ त्यसकारण अहिले झट्ट हेर्दा सुन्दा केहि व्यक्तिलाई मात्र फौजदारी मुद्दा र अरुलाई विभागीय कारवाही भनिए पनि साँच्चै मुद्दाको प्रक्रिया सुरु हुने हो भने ठुलो संख्यामा सुरक्षाकर्मीहरु थुनिनुपर्ने हुनसक्ने कानुनले बताउँछ ।

विद्यमान ऐन कानूनको मर्यादा गर्दै कर्तव्य पालना गरेका कोही कसैलाई फौजदारी अभियोग लाग्ने कुरा हाँस्यास्पद रहेको अहिलेको विद्यमान ऐन कानूनबाट यो सम्भव नहुने कानुनविज्ञको भनाई रहेको छ ।