काठमाडौँ । मन्त्रिपरिषद्को बैठक दोश्रो पटक बस्ने भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । सोही दिन प्रधानमन्त्री शाहसँगै १४ जना मन्त्रीले शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो ।