काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ नदिने भएका छन् ।
प्रधानमन्त्री शाह आज प्रतिनिधि सभा बैठकमा नजाने तर उनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो ।
प्रधानमन्त्री भएपछि बालेन्द्रले अहिलेसम्म संसदमा सम्बोधन गरेका छैनन् ।
