November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रतिनिधिसभामा पर्चासहित उठेर श्रम संस्कृति पार्टीको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्दावित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन् । 

‘प्रधानमन्त्री जबाफदेही बनेको खोइ ?’ लेखिएको पर्चा लिएर उनीहरू सभामुखको आसन अगाडि उभिएर विरोध गरेका छन् ।

Advertisement