November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

नेकपा र रास्वपाबीच धेरै समानता छन् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले रास्वपा र आफ्नो पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको अभिव्यक्ति दिएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले भने, ‘दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं। पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं ।’

पुनले दुई पार्टीबीच सुशासनको एजेन्डामा पनि समान रहेको बताउँदै नेकपा र रास्वपाको जति निकट सहकार्य अरुसँग नभएको दाबी गरे ।

Advertisement

यस्तै, उनले राजनीतिक परिवर्तन र सुधारका नाममा संविधानभन्दा बाहिर जान नहुने बताउँदै प्राप्त उपलब्धिको संरक्षण गर्दै संविधानको दायराभित्र रहेर राजनीतिक प्रतिस्पर्धा र सुधारका प्रयास अघि बढाउनुपर्ने सुझाव दिए ।