काठमाडौं – नेपाल कम्युनष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको केन्द्रीय समितिको बैठक कार्की ब्यांकेटमा सुरु भएको छ ।
कार्की ब्यांकेटमा बसिरहेको केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकमा समसामयिक विषय, वर्तमान अवस्थाबारे संक्षिप्त जानकारी, संघर्षका कार्यक्रम, केपी ओलीलाई पार्टी सदस्यबाट निष्कासन गर्ने लगायतका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।
प्रधानमन्त्रीद्धारा पुष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै निरन्तर संघर्षका कार्यक्रमको घोषणा गरेको उक्त समुहले संसद् पुर्नस्थापना तथा निर्वाचन आयोगद्धारा आफ्नो बहुमत पक्षलाई बैद्यानिकता दिन माग राख्दै आएको छ ।
प्रधानमन्त्री ओलीको कदम प्रतिगामी र असंबैधानिक ठहर गर्दै सो समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी रुपमा प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।
सो समूहले प्रतिनिधिसभा विघटनका विरुद्ध उपत्यका तथा उपत्यकाबाहिर बुटवल, विराटनगर, धनगढी लगायतका सहरमा प्रदेशस्तरीय प्रदर्शन गर्दै आएको छ । साथै माघ २८ गते काठमाडौंमा वृहत् विरोधसभाको आयोजना गर्ने घोषणा समेत गरिसकेको छ ।