November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरिएकोमा आपत्ति जनाएका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेपछि सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले आपत्ति जनाएका हुन् ।

उनले सभामुख सापकोटाले फिर्ता पठाएको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै सभामुख र राष्ट्रियसभा अध्यक्ष समान हैसियत भएको बताए ।

Advertisement

‘संसदीय सुनुवाइ समिति संयुक्त भएकाले हामी बराबरी हो’ उनले भने, ‘सभामुखले एकल संसद झैँ गरी परामर्शविना फिर्ता गर्नुभएकाले विरोध गरेको हुँ ।’