November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

मध्यरातमा सेनाको ‘बख्तरबन्द’ गाडी सडकमा

काठमाडौं: नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ परिक्रमा गरेका छन् । नेपाली सेनाद्वारा जारी पूर्व सूचनाअनुसार बख्तरबन्द गाडी काठमाडौंको चक्रपथ परिक्रमाका लागि निस्किएका हुन् ।

राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरेको थियो ।

सितापाइलाबाट बसुन्घरा, सुकेधारा, चावहिल, गौशाला, तीनकुने, कोटेश्वरहुँदै बालकुमारी, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै फेरि सितापाइला ब्यारेकमा पुगेको थियो ।

Advertisement

सेनाले सूचनामा नियमित अभ्यास भनेको छ । यद्दपि धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम र २३ गते नारायणहिटी अगाडि गर्ने जनप्रदर्शनसँग जोडेर टिप्पणी गर्न थालेका छन् ।