November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

आजको मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पूर्व, मध्य र पश्चिमका केही भागमा मौसम  आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

अहिले देशभर सामान्यतया मौसम सफा रहेकाे छ । तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएका छन् ।  यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु–कुहिरो लाग्न सक्ने छ ।

Advertisement