November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

मौसम: केही दिन मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं–देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिन मौसम बदली हुने भएको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अबको केही दिन देशका अधिकांश स्थानमा आंशिक बदलीसँगै वर्षाको सम्भावना रहेको छ। 

अहिले देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहने महाशाखाले जनाएको छ।

Advertisement

पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

दिनभर कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।