November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

आज देशभर १७६ जनामा कोरोना संक्रमण, ११७ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ४५६ नमुना परीक्षणमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १७६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ११७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार २४० पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३२ रहेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १६३२ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५७ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ८५ हजार २८८ कोरोनाका नमुना परीक्षण गरिएको छ ।