November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

कोरोना संक्रमणबाट पर्वतका ३८ वर्षीय पुरुषको निधन

काठमाडौं -कोरोना संक्रमणबाट पर्वतका ३८ वर्षीय पुरुषको निधन कोरोना संक्रमणबाट पर्वतका ३८ वर्षीय पुरुषको निधन भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका पैयुँगाउँपालिका ५ का उनको बुधबार बेलुका ६ः२० मा निधन भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

भारतको दिल्लीबाट १२ दिनअघिमात्रै फर्किएका उनमा उच्च ज्वरो आएपछि स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया र खोकीले ग्रसित थिए ।

Advertisement

मृतककी आमा र श्रीमतीमा कोरोना परीक्षण गर्दा नेगेटिभ आएको बताइएको छ ।