November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु

बाँके – बाँकेमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

मृत्यु हनेमा नेपालगन्ज १० का ६१ वर्षीय पुरुष, कोहलपुर १० की २७ वर्षीया महिला, नेपालगन्ज ६ का ५४ वर्षीय पुरुष, बारबर्दिया ६ बर्दियाका ४७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै अनइ मृतकहरुमा टीकापुर २ कैलालीकी ४८ वर्षीया महिला, नेपालगन्ज ६ का ३४ वर्षीय पुरुष, नेपालगन्ज १८ की ५६ वर्षीया महिला , नेपालगन्ज ३ का ५२ वर्षीय पुरुष, नेपालगन्ज १२ की ६० वर्षीया महिला र ५४ वर्षीया महिला रहेका छन् ।

बाँकेका कोभिड(१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार महिला भन्दा कोरोनाबाट मृत्युहनेहरुको सङ्ख्या पुरुषको रहेको छ ।

Advertisement