July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौं– पश्चिमीसँगै स्थानीय वायुको मिश्रित प्रभावका कारण देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानमा सामान्य वर्षा भइरहेकोसमेत महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Advertisement