August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

भारतमा कोरोना घट्दै : २४ घण्टामा ९२ हजार ५९६ जनामा संक्रमण

नयाँदिल्ली – भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दिनहुँ ओरालो लाग्ने क्रममा छ । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार २१९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण ३ लाख ५३ हजार ५२८ जनाको मृत्यु भइसकेको छ । तथ्यांक अनुसार २ करोड ९० लाख ८९ हजार ६९ जनामा कोरोना संक्रमण भइसकेको छ । एजेन्सी

Advertisement