November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

बाँकेमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

काठमाडाैं- बाँकेमा आजदेखि साउन ५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने भएको छ। सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो डोज दिन लागिएको जनाइएको छ।

बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आज (आइतबार)देखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ।

Advertisement