November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सत्तापक्षका समाजवादी युवा र विद्यार्थीद्धारा मूल्य वृद्धिको बिरोध

धरान । सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका भातृसंगठन समाजवादी युवा संघको आयोजनामा समाजवादी विद्यार्थी सहितले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध गरेको छ । मंगलबार युवा र विद्यार्थीको एक समुहले प्लेकार्ड सहितको नाराबाजी गर्दै मूल्य वृद्धिको बिरोध गरेको हो ।

शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले लगातार मूल्य वृद्धि गरेपछि युवा र विद्यार्थीले बिरोध गरेको हो । मातृपार्टी समाजवादी सत्तामा भए पनि मूल्य वृद्धि नियन्त्रण नगरेको भन्दै बिरोध गरेको हो ।

धरान शान्तिपथबाट निकालेको बिरोधमा प्लेकार्डमा ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर’, ‘गरिबमारा सरकार मुर्दावाद’, ‘मूल्य बढाउन पाइदैन’, ‘जनता मार्न पाइदैन’, ‘करको नाममा गरिब मार्न पाइदैन’, ‘कर ठगि सरकार मुर्दावाद’, ‘कमिसन खोर सरकार चाहिँदैन’, ‘जनता बेच्न पाइदनँ’ जस्ता नारा लेखिएका थिए ।

Advertisement

बिरोध ¥याली शान्तिपथबाट धरानको मुटु भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै समाजवादी युवा संघका प्रदेश अध्यक्ष श्री सुब्बाले जनतालाई मूल्य वृद्धि गरेर मारमा पारेको बताए । सांकेतिक रुपमा मात्र भएको बिरोध मूल्य नघटाए नियन्त्रण नगरे थप आन्दोलन गर्ने चेतावनी समेत दिए ।

धरान नगर युवा इन्चार्ज रबि पाख्रीनले समृद्ध नेपालको सपना देखाएर नेपाली जनतालाई सँधै मूल्य वृद्धिको मारमा पारेको बताए । नेताहरुको घर परिवार मात्र समृद्धि भएको भन्दै उनिहरुलाई मूल्य वृद्धिले केहि नहुने बताए । सरकारले यसतर्फ ध्यान नदिए युवाहरु थप आन्दोलन गर्न बाध्य हुने बताए ।

समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस इकाई अध्यक्ष युवराज राईले सरकारले मूल्य वृद्धि गरेर नेपाली जनताको ढाड सेकाएको आक्रोश पोखे । अव सबै नगर जिल्ला प्रदेश हुँदै देशव्यापी आन्दोलन गर्नुपर्ने बताए । उनले राज्यले बढाएको तेलको मूल्य वृद्धिले खाद्यान्न लगायतमा स्वतह मूल्य बढेर जाने हुनाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । सरकाले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतिय सवारी ल्यानुपर्ने बताए । साथै मूल्य वृद्धि समायोजन गर्न करलाई समायोजन गर्न सकिने बताए ।

कोणसभालाई समापन गर्दै समाजवादी युवा संघ अध्यक्ष करुण राईले सरकारलाई चेतावनी स्वरुप सांकेतिक बिरोध मात्र गरेको बताए । पटकपटक मूल्य वृद्धि गरेर जनतालाई बाँच्न नदिएको भन्दै सरकारले नसुने थप आन्दोलनको कार्यक्रम अगाडि बढाउने चेतावनी दिए ।