काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित भएको छ । शुक्रबार बसेको महानगरको नगरसभामा छलफलपछि महानगरको आगामी बर्षको बजेट सर्वसम्मतिले संशोधनसहित पारित भएको हो ।
नगरसभामा सदस्यहरु रसला तण्डुकार ,मैयालक्ष्मी महर्जन, आशमान संगत लगायतल छुटेका योजनाहरु संशोधन गर्न सुझाव राखेकामा प्रमुख बालेन साहले राम्रा सुझावहरु आएको भन्दै राम्रा योजनालाई निरन्तरता दिने बताए । यस्तै, फोहोर मैला व्यवस्थापनमा ध्यान दिने, खेलकुदसम्बन्धी गतिविधिका लागि महानगरले प्राथमिकतामा राख्ने, वृद्धभत्ता, सडक, ढल लगायतमा पनि महानगरले आएका सुझावलाई सम्बोधन गर्ने बताए ।
कठमाडौं महानगरपालिकाले गत असार १० गते २५ अर्ब, ४१ करोड, ९६ लाख ९६ हजार विनियोजन गरेको थियो ।