November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेको गाडी स्थानीयवासीले बाटैमा रोके

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेको गाडी स्थानीयवासीले रोकेका छन् । स्थानीयले गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महानगरबाट करिब ६० गाडी फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गर्दा स्थानीयले रोकेपछि गाडी बाटोमै लाम लागेको छ ।

काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो । आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए ।

Advertisement

फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।