काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । गृहमन्त्री र प्रचण्डबीच आज बिहान दाहाल निवास खुमलटारमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।
भेटमा संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र आगामी चुनावबारे छलफल भएको थियो । उनीहरुबीच संघीय र प्रदेश सभा सदस्य निर्वाचन मिति घोषणालगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।
गृहमन्त्री खाणले बिहीबार बेलुकी माओवादी नेता कृष्णबहादुर महरासँग पनि कुराकानी गरेका थिए ।