काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयू) का प्रतिनिधि र नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालबीच श्रमिकका समस्या र समाधानको उपाय विषयमा छलफल भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेटघाटमा पार्टीको श्रम सम्बन्ध विभाग प्रमुख उर्वादत्त पन्तको उपस्थिति रहेको थियो ।
भेटघाटमा एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव दीपक पौडेल, एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटी सदस्य दिपेश थपलिया, स्वरोजगार यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष खड्गबहादुर गिरी, एकीकृत यातायात मजदुर संगठन, नेपालका केन्द्रीय अध्यक्ष रबि केसी, एकीकृत पर्यटन मजदुर संगठन, नेपालका केन्द्रीय अध्यक्ष प्रशान्त ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।