काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडा सडकखण्डको आलेटारमै दुई सय गाडी अड्किएका छन् ।
बिहानदेखि स्थानीयहरूले फोहोर लैजान अवरोध गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान पनि केही समूहले अवरोध गरेका थिए । केही समयको अवरोधपछि पुनः फोहोर लैजान सुरू गरिएकोमा अहिले फेरि स्थानीयहरूले अवरोध गरेका हुन् । अहिले स्थानीहरूले डाँडामा बसेर ढुंगा हानिरहेको प्रहरीले जनाएको छ ।
अहिले सिसडोल र बञ्चेडाँडामा गरी दुई सयभन्दा बढी प्रहरी समेत परिचालन गरिएको छ ।