November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एकीकृत समाजवादी निकट समाजवादी सहकारी संगठनको राष्ट्रिय समिति गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बिहीबार काठमाण्डौँमा भएको घोषणा कार्यक्रम नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुककृष्ण थापा, एम प्रसाद जोशी, वीरबहादुर भोटे, टीपी अधिकारी, वीरेन्द्र यादव, धरणीधर अधिकारी रहेका छन् भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरि शर्मा, सुदर्शन मिश्र, किरण मोक्तान, टापबहादुर श्रेष्ठ र राधा कडरिया रहेका छन् ।

कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै सहकारी अभियानले जनजिविकाका सवालहरुलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

Advertisement

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताए ।