बाँके । समाजवादी प्रेस संगठन नेपाल बाँकेको दोस्रो बैठक सम्पन्न भएको छ । कमिटीका अध्यक्ष लोकनाथ शर्माको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख दामोदर अर्याल रहेका थिए ।
बैठकले आगामी मंसिर ४ को संघीय तथा प्रदेश सभा निर्वाचनका लागि समाजवादी प्रेस सङ्गठनले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल तथा अन्तक्रिया भएको थियो । कार्यक्रममा समाजवादी प्रेस सङ्गठनमा आबद्ध सदस्यहरूलाई केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले सदस्यता बितरण गरेका थिए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइराला बर्दिया पार्टी उपाध्यक्ष दिलबहादुर केसी लगायतले बोलेका थिए । बैठकको सञ्चालन बाँके पार्टी प्रचार विभागका सचिव कुशल दर्लामीले गरेका थिए ।