November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार गरिने भएको उम्मेदवारी नामावली आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो ।

बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ ।

उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।

Advertisement