काठमाडौं । निर्वाचनको बेला भारतसँग जोडिएको रौतहटको सम्पूर्ण नाका ४ दिनसम्म बन्द हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित बनाउन नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिए अनुसार ४ दिनसम्म रौतहटको सम्पूर्ण नाका बन्द हुनेछन् । मंसिर १ गते १२ बजेदेखि मंसिर ४ गते रातीसम्म गौर, बनजरहा, औरैया, राजपुर, नरकटिया, बंकुल, बेलबिछवालगायत सम्पूर्ण नाका बन्द रहनेछ ।