November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

जावलाखेलमा भेटिएको कुकर बम नक्कली

काठमाडौं । ललितपुरको जावलाखेलमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ‘निर्वाचन अवज्ञा गरौँ’ भन्ने लेखेर जावालाखेलको स्टाफ कलेजछेऊमा कुकर राखिएको थियो ।

सत्ता गठबन्धनको ललितपुर क्षेत्र नं. ३ को सम्पर्क कार्यालय अगाडि भेटिएको सो शंकास्पद वस्तु नियन्त्रणमा लिई निष्क्रिय पारेको प्रहरीले जानकारी दिए । बम भनिएको वस्तु सक्कली नभइ नक्कली रहेको पनि प्रहरीले जनाएको छ ।

उक्त शंकास्पद कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement