November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन ओलीलाई संयोजक तोकियो

काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए ।

उनले बैठकमा मन्त्रीमण्डल बिस्तारका बारेमा पनि छलफल भएको बताए । बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको जानकारी दिए । गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्ने कुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।

Advertisement

साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका गृहमन्त्री लामिछानेले राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको र न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने दाबी गरे ।