काठमाडौं । नेकपा एकीकृत समाजवादीको रौतहट काठमाण्डौ सम्पर्क मञ्चले मञ्चका ७ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सम्पर्कमञ्चका संस्थापक अध्यक्ष प्रज्ज्वल चापागाई , गिरीधर मिश्र, नवराज तिमल्सिना, शंकर विश्वकर्मा, गोपाल श्रेष्ठ, चिनकुमारी सिवाकोटी र मिनप्रसाद गौतम रहेका छन्।
उनीहरूलाई शनिवार रौतहट काठमाडौं सम्पर्क मञ्चले काठमाडौस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रमबीच सम्मान गरेको हो । सम्मानितहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रममा पार्टीका अध्यक्ष नेपाल र पार्टीका सचिवालय सदस्य घनश्याम भुसाल लगायतका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।