काठमाडौं । राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्याललाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अर्याललाई पद तथा गोपनीयताको शपथ गराइएको हो।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो। यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो।
सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी अर्यालले उनले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।