July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

दोहामा भोलिदेखि १० औं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु हुँदै, नेपाली वस्तुहरू राखिने

शारदा भुजेल
२०७९ फाल्गुन ३०

दोहा । भोलिबाट दोहामा सुरु हुने १० औं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी–२०२३ मा नेपालमा उत्पादित वस्तुहरु पनि राखिने भएको छ। कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गर्ने १० औं कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा
नेपालमा उत्पादित नेपाली चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, डेरीका उत्पादित वस्तु राखिने भएको हो।

नेपालसहित विश्वका ५५ भन्दा बढी मुलुकको सहभागीता रहने प्रदर्शनीमा नेपालका ६ वटा उद्योग प्रतिष्ठानहरु, अल्टरनेटिभ हर्वल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कन्चनजंघा टिस्टेट, ईलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम् उद्योगको सहभागिता रहने प्रदर्शनीमा नेपाल टी, नेपाल हव्र्स, लार्ज कार्डमम् कलेक्टिभ ट्रेडमार्कको प्रर्वद्धन गरिनेछ ।

नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ, नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रही हुने प्रदर्शनीमा पारस्परिक व्यापारिक सम्बन्ध विस्तार गरी नेपालका मौलिक तथा विशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने छ ।

Advertisement

साथै १० औं कतार अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा निर्यात व्यवसायी महासंघ नेपालको नेतृत्वमा सहभागिताका लागि नेपालबाट निर्यात व्यवसायी महासंघका उपाध्यक्ष, मेला आयोजना समिति तथा अनुशासन, संगठन प्रवद्र्धन एवम् संघ÷संस्था समन्वय समितिका संयोजक गोविन्द घिमीरेको नेतृत्वमा २१ सदस्य प्रतिनिधि मण्डल, प्रदर्शनीकर्ता र भिजिर्टसलाई कतारमा स्वागत गरिएको छ ।

नेपाल व्यवसायी संघ कतारका सल्लाहकार शंकर न्यौपाने, महसचिव रमेश भट्ट, सचिवालय सदस्य राम कुमार श्रेष्ठ,अर्जुन मुडबरी लगायतले दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

संक्षिप्त स्वागत कार्यक्रमको सहजीकरण संघका प्रचारप्रसार विभाग उप–संयोजक दिपजङ्ग शाह ठकुरीले गरेका थिए।

प्रदर्शनी मार्च १५ देखि १९ मार्च सम्म पाँच दिन चल्ने छ।