November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सङ्गठन सुदृढीकरण विशेष अभियान सुरु

काडामाडौं। नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सङ्गठन सुदृढीकरण विशेष अभियान-०७९ सहजकर्ता अभिमुखीकरण अभियान सुरु भएको छ । अभियान अन्तर्गत बुधबार काठमाडौं र भक्तपुरमा खटिएका सहजकर्ताहरुको लागि अभिभुखीकरण सुरु भएको हो । 

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण लम्सालले गरेका थिए। 

अभिभुखीकरण कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल उपमहासचिव तथा मोर्चा फाँट प्रमुख डा. विजय पौडेल सचिव जीवनराम श्रेष्ठ लगायतका नेताहरूले सहजीकरण गरेका थिए ।

Advertisement