काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात विभागले नवनियुक्त पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट गरेको छ । भेटका क्रममा नवनियुक्त मन्त्री ज्वालालाई बधाई तथा शुभकामना दिनुका साथै एक ज्ञापन-पत्र समेत बुझाएको छ ।
आइतबार मन्त्री ज्वालालाई भेट गरी विभागका प्रमुख देवेन्द्रसिंह महता र सचिव इन्जिनियर विजयराज उपाध्यायद्वारा हस्ताक्षरित ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापन पत्रमा भौतिक पूर्वाधारका आयोजनाहरू छनौट गर्दा औचित्य र आवश्यकताको आधारमा गर्नुपर्ने, इन्जिनियरहरुको दक्षताको आधारमा उनीहरुलाई सेवा क्षेत्रमा उपयोग गर्नुपर्ने,अनावश्यक र झन्झटिलो ऐन नियम र सार्वजनिक खरीद ऐन र कानूनको परिवर्तन गरी फास्ट ट्याकमा काम गर्ने वातावरणको सृजना गरिनु पर्ने, विकास प्राधिकरण गठन गरी काम अगाडि वढाईनु पर्ने, साथै यातायात क्षेत्रमा देखिएका समस्याहरूको समाधानका प्रयास गर्नुपर्ने जस्ता माग राखेको सचिव उपाध्यायले बताए ।