November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मिटरब्याज पीडितहरूको माग तत्काल सम्बोधन नगरे सडक संघर्षमा जाने राजेन्द्र लिङदेनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरूवाचरूवाको माग तत्काल सम्बोधन नगरे सरकारविरूद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

लिङदेनले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि निर्मम ढंगले आक्रमण गरेको भन्दै निन्दा र भत्सर्नासमेत गरे। ‘गरिब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नु परेको ?’, सरकारलाई अध्यक्ष लिङदेनले प्रश्नसमेत गरे।

उनले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए।

Advertisement

‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन। कसैले पनि हेपिनु पर्दैन। राज्य अभिभावक छ भनेर राज्य अभिभावकको रूपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरूलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ। त्यसको म निन्दा र भत्सर्ना गर्न चाहन्छु,’ उनले भने ।

लिङदेनले निमुखा मानिसहरूमाथि आक्रमण भएको बताए ।