November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ: कृष्ण महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्ने बताएका छन् । संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महराले कसैलाई पनि छोड्न नहुने बताएका हुन् ।

माओवादी केन्द्रका प्रवक्ता रहेका महराले भने, ‘नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ ।’

उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याजपीडितलाई न्याय दिने कुरामा सरकार अडिग रहेको बताए ।

Advertisement