November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

समाजवादीका नेताहरूले विधानविपरीत गैह्रजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति अनुशासन आयोगको ध्यानाकर्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय अनुशासन आयोगले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरूले पार्टीको सिद्धान्त, आचरण र पार्टी विधानको विपरीत हुनेगरि सञ्चार माध्यमहरू र सामाजिक सञ्जालमा समेत गैह्रजिम्मेवारी पूर्ण अभिव्यक्तिहरू दिएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिनै कुराहरूलाई प्रतिगामी तत्वहरूले उछालिरहेको अवस्थामा पार्टीलाई अनुशासित, मर्यादित र विधि-पद्धति अनुरूप सञ्चालन गर्ने गराउने आधिकारिक निकायको रुपमा रहेको यस केन्द्रीय अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एउटा जीवन्त र क्रियाशील पार्टीमा आफ्ना फरक मतहरू हुन सक्छन् । आफ्ना फरक मत र विचारहरूलाई पार्टीको आफू सङ्गठित रहेको कमिटीको बैठकमा राख्ने, छलफल र बहस चलाउने र त्यहाँबाट टुंगिएको निर्णयलाई इमानदारीपूर्वक पार्टी निर्णयको रुपमा कार्यकर्ता तथा जनतासम्म पुर्याउने कम्युनिष्ट पार्टीको सर्वमान्य लेनिनावादी साङ्गठनिक सिद्धान्त स्थापित नै छ ।

Advertisement

यही विधि र पद्धतिलाई कडाइका साथ पालन गर्न गराउनु माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्मका सबै नेताहरूको महत्वपूर्ण जिम्मेवारी हुन्छ । यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न पाइने छैन ।

यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुर्धानका लागि सचेत गराइन्छ । अन्यथा पार्टी विधान अनुरूप आवश्यक कार्यबाहीको प्रकृया अघि बढाइने छ ।’