काठमाडौं। आज देशैभर भ्रस्टाचारविरुद्ध प्रदर्शन हुने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागिएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै मोटो रकम असुलीको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित १२ जना पक्राउ परिसकेका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी भने फरार रहेको छन् ।
‘भ्रष्टाचारविरुद्ध हामी’ भन्ने अभियान अन्तर्गत आज विभिन्न नागरिक समाजले प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।