November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

एकसाता पर धकेलियो कांग्रेसको महासमिति बैठक

२०८० कार्तिक १९

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । यसअघि मंसिर १३–१५ मा गर्ने भनिएको महासमिति बैठक कार्यक्रम गर्न हल नपाएपछि कांग्रेसले दुई साता पर सारेको हो ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गरेको छ ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भनिएको बैठक अब ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सभाहलमा हुनेछ ।

Advertisement

भूकम्पका कारण तिहारअघिका सबै कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ। कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्।